आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको निर्वाचन आयोगले जनाएको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणका लागि कालो रङ प्रयोग भएको छ । पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा निर्वाचन चिन्ह र अन्य विवरणको रङ रातो मसीको रहेको आयोगको भनाइ छ ।
हालसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कुल एक करोड ५१ लाख २४ हजार मतपत्र छपाइ सम्पन्न भएको छ ।