भ्रष्टाचार अन्त्य गर्नु मेरो पहिलो प्राथमिकताः प्रकाशमान सिंह

12.9k Shares
सम्बन्धित पार्टी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचार अन्त्य गर्ने रहेकाे बताएका छन् । 

आइतबार काठमाडौँमा आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नो पहिलो दायित्व रहेको बताएका हुन् । 

राजनीति अस्थिरताका कारण मुलुकको समस्याको जहाँको त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले  काठमाडौंमा देखिएको  खानेपानी, फोहोर व्यवस्थापन ट्राफिक जामलगायता न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको बताए ।

ताजा अपडेट
सम्बन्धित समाचार