नेपाली कांग्रेसले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसले शनिबार चुनावी प्रतिबद्धता सार्वजनिक गरेको हो ।
सार्वजनिक चुनावी घोषणापत्रमा कांग्रेसले सूचनाप्रविधि, उद्योग, पर्यटन, निर्माण यातायातलगायतका क्षेत्रमा वार्षिक साढे २ लाख नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गरेको छ ।
शनिबार पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवा तथा पार्टी पदाधीकारीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
महामन्त्री विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको ४१ सदस्यीय घोषणापत्र लेखन समितिले घोषणापत्र लेखेको हो ।