सन्दीपविरुद्ध मुद्दा दर्ता, १० देखि १२ वर्षसम्म कैद सजाय माग

7k Shares

काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ। 

सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। उनीविरुद्ध जर्वजस्ती करणी मुद्दामा १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले जानकारी दिए।

थुनछेक बहसपछि अदालतले सन्दीपलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ। 

सन्दीपमाथि १७ वर्षीया किशोरीले आफूमाथि जबर्जस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन्। भदौ २१ गते किशोरीले प्रहरीमा जाहेरी दिँदा सन्दीप क्यारेबियन प्रिमियर लिग क्रिकेट (सिपिएल) खेल्न वेष्टइण्डिज पुगेका थिए। 

जाहेरी दर्ता भएको झण्डै एक महिनापछि मात्रै नेपाल फर्किएका उनलाई असोज २० गते प्रहरीले विमानस्थलबाटै पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

प्रहरीले अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएको भएपनि तिहार विदाका कारण अदालत बन्द भएकाले मुद्दा सोमबार मात्रै दर्ता भएको हो। 

ताजा अपडेट
सम्बन्धित समाचार