योगेश भट्टराईलाई आयोगले सोध्यो स्पष्टीकरण

9.2k Shares
सम्बन्धित पार्टी

काठमाडौं । निर्वाचन आयोगले ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेका नेकपा ९एमाले०का नेता योगेश भट्टराईलाई स्पष्टीकरण सोेधेको छ । २५ जनाभन्दा बढी साथमा लिई घरदैलो कार्यक्रम गरेको सम्बन्धमा स्पष्टीकरण सोधिएको हो ।

भट्टराईले आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको सिरजङ्घा गाउँपालिका–३, सिकैचामा निर्वाचन आचारसंहिताको उल्लंघन हुने गरी २५ जनाभन्दा बढीको भेला गरेको र त्यसलाई आफ्नो फेसबुक पेजबाट समेत सार्वजनिक गरेको विषयमा उजुरी परेकाले स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

उनलाई २४ घण्टाभित्र आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्न भनिएको छ ।

“तपाईंबाट निर्वाचन आचारसंहिताको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार भएको छैन भन्ने आधार कारण के छ रु,” स्पष्टीकरणपत्रमा भनिएको छ, “तपाईंले निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गरी निर्वाचन आचारसंहिताको उल्लंघन गरेको अवस्थामा तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिम कारबाही किन हुनु नपर्ने हो रु यो पत्र कुनै माध्यमबाट तपाईंलाई प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा प्राप्त हुने गरी स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ ।”

ताजा अपडेट
सम्बन्धित समाचार