एमाले अध्यक्ष ओली सुदूरपश्चिम जाँदै , यस्तो छ कारण

9.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौंः  एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनगढी जाँदै छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न उनी बिहीबार धनगढी जान लागेका हुन् ।

एमाले सुदूरपश्चिमका अध्यक्ष दामोदर भण्डारीका अनुसार ओलीले आज र भोलि धनगढीमा नेता तथा कार्यकर्तासँग भेटघाट गर्ने र भोलि दार्चुला जाने कार्यक्रम रहेको छ ।

एमालेले भोलि दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने तयारी गरेको छ ।

एमाले सरकारका पालामा आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सामा समेटिएको ठाउँ ९दार्चुला० बाट चुनावी अभियान सुरु गरिने एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकले बताए ।   

 

ताजा अपडेट
सम्बन्धित समाचार