नेपाल पक्षको अल्टिमेटम: २०७५ जेठ २ मा नफर्किए सामूहिक राजीनामा

10.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल पक्षले सामूहिक राजीनामा दिने तयारी थालेका छन् ।

अध्यक्ष केपी शर्मा ओली २०७५ जेठ २ मा फर्किन तयार नभए नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने भएका हुन् ।

२४ घण्टे अल्टिमेटमसहित सांसदहरुले एमाले एकता जोगाउने नजोगाउने जिम्मा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको कोर्टमा बल रहेको भन्दै नभए अन्तिम अवस्थामा राजीनामा दिने मनशाय बनाएको जनाइएको छ ।

भोली साँझसम्म कुर्छौं । अध्यक्ष कमरेड ओलीले २०७५ क २ मा फर्किन मान्नु भएन भने सामूहिक राजीनामा दिन हामी तयार भएका छौं । राजीनामा व्यक्तिगत रुपमा दिनुपर्ने भएपनि हामी सबै राजीनामाको अन्तिम तयारीमा छौं । एकता वा बिग्रह उहाँले नै बुझ्ने विषय हो । ´ एक सांसदले भने ।

अध्यक्ष ओली २ जेठको एमाले पार्टी संरचना, विधान र नेतृत्वमा फर्कन नचाहेको वार्तामा सहभागी नेताहरुको ब्रिफिङ थियो । २८ फागुन यता गरिएका निर्णय खारेज गर्दै अदालतको फैसला अनुसार एमालेको बैठक बसेर मात्रै अगाडि बढ्न सकिने अडानबाट पछि नहट्ने निर्णय पनि सांसदहरुको बैठकले निकालेको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार