काठमाडौंः जनता समाजवादी पार्टी (जसपा)नेपालका मधेस प्रदेश समितिका सदस्य तथा महोत्तरी महिला जिल्ला अध्यक्ष गिता दासले पार्टी परित्याग गरेकी छन ।
जिल्ला अध्यक्ष गिता दास लगायतका सयौंको संख्यामा महिला नेतृहरुले पार्टी परित्याग गरेका हुन । उनलाई उपप्रमुखमा मनोनयन गरेको तर पछि अध्यक्ष यादवले उपप्रमुखको टिकट खोसेर बन्दना पाण्डेलाई उपप्रमुखको उम्मेदवार बनाएका थिए ।
उनले भनिन्ः जसपामा दलितको पार्टी नभई ठूला नेताहरुको लागि रहेछ भनेर पार्टी परित्याग गरेको हो ।

केन्द्रीय नेतृत्वले पार्टीलाई सही दिशा दिन नसकेको बताउदै कार्तिक –१९ गते जसपा पार्टी छाडेको अध्यक्ष दाससहितको समूहले लोसपा पार्टीमा समाहित हुने जनाए।