काठमाडौं। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।
अन्य सरकारमा नजाने तर आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्ने निर्णय गरेसँगै प्रधानमन्त्री ओलीले छलफलका लागि जसपा नेपालका महन्थ ठाकुरलाई बालावाटार बोलाएको स्रोतले जनाएको छ।
अध्यक्ष ठाकुरका साथमा जसपा नेपालका वरिष्ठ नेता राजेन्द्र महतो पनि बालुवाटार पुगेका छन्। अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच गत जेठ ४ गते आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने सम्भावना भए त्यसको बारेमा छलफल गर्नेलगायत आठ बुँदे सम्झौता भएको थियो।
आजैको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने र संविधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गर्ने मन्त्रीहरुलाई ब्रिफिङ गरेका थिए।