हजारौंको उपस्थितिमा लोसपाको पहिलो कोणसभा सम्पन्न

15.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

लोकतान्त्रिक समाजवादी पार्टीको कोणसभा सम्पन्न भएको छ । पाँच दलिय गठबन्धनले सन्चालन गरेको उक्त कोणसभा सोमबार पहिलो दिन क्षेत्र नम्बर ३ (१) पिपरा बजारमा सम्पन्न भएको हो ।

हजारौंको उपस्थिति रहेको उक्त सभामा बोल्दै लोसपाका अध्यक्ष महन्थ ठाकुरले मधेसका नेपाली नागरिकले जसरी पनि नागरिकता पाउनु पर्ने बताएका थिए । उनले छिटोभन्दा छिटो नागरिकता विधेयकको टुंगो लगाउन सरकारलाई आग्रह समेत गरेका थिए ।  

उनले मधेस प्रदेशलाई बलियो बनाउनको लागि प्रदेश सांसदको चुनाव चिन्ह साइकल छापमा मतदान गर्न आग्रह गरेका थिए ।

सो कार्यक्रममा मन्तव्य राख्दै राम चन्द्र तेवारीले गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । लोकतन्त्रलाई मजबुत बनाउन गठबन्धन भएको हुदाँ यसलाइ जिताउन सबैलाइ अनुरोध गरेका थिए । 

त्यस्तै राम कुमार शर्मा, बजरंग नेपाल लगायत विभिन्न नेताहरु आफ्ना कार्यकर्तालाई गठबन्धनको उम्मेदवार संघमा महन्थ ठाकुरलाई र प्रदेशमा अभिराम शर्मा को साइकल चुनाव चिन्हमा मतदान गर्न आग्रह समेत गरेका थिए । 

 प्रमुख अतिथि  प्रतिनिधि सभा सदस्य पदका उमेदवार महन्थ ठाकुर र वरिष्ठअतिथि श्री राम चन्द्र तेवारी रहेको उक्त कार्यक्रमकमा नरेन्द्र प्र. मिश्र , प्रदेश सभा सदस्य पदको उमेदवार अभिराम शर्मा, राम कुमार शर्मा, बजरंग नेपाली लगायत विभिन्न नेताकार्यकर्ताको उपस्थिति रहेको थियो । 

314962409_5619160471476673_8681846159412389889_n.jpg

314899818_5619160578143329_4726475588380784370_n (1).jpg

ताजा अपडेट
सम्बन्धित समाचार