काठमाडौंः पटक पटक आचारसंहिताको उल्लंघन गरेपछि चितवन क्षेत्र नम्बर २ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कारबाही गर्न निर्वाचन आयोगले तयारी थालेको छ । जसरी पनि चुनाव जित्नुपर्छ भन्ने अभियानमा लाग्ने क्रममा लामिछानेले चर्को प्रचारबाजीको शैलीलाई अपनाइरहेका छन् । सोही क्रममा आचारसंहिता उल्लंघन भएपछि आयोग पनि कारबाहीको तयारीमा लागेको बुझिएको छ ।
निर्वाचन आयोगले दिएको समयसीमा भन्दा अघि नै चोक–चोकमा गएर भाषण गरेका रविमाथि त्यसबेला नै निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लाग्दै आएको थियो ।
हाल पनि रवि र उनका कार्यकर्ताले गरेका प्रत्येक गतिविधि निर्वाचन आचारसंहिता भन्दा विपरीत रहेको पाइएको छ । निर्वाचन आचारसंहिता अनुरुप निर्वाचन आयोगले चोक चोकमा पर्ने गरी उम्मेदवार र उनका फोटो राखी पम्प्लेट बनाउन रोक लगाएको छ । तर रविका तस्बिर राखी चोक चोकमा रंगाइएको छ ।
त्यस्तै सार्वजानिक सवारी साधनमा पनि रविको फोटो टाँसिएको छ । यसविरुद्ध निर्वाचन आयोगमा उजुरीसमेत परेको छ । उजुरी परेपछि आयोगले प्रहरीलाई यस खालका गतिविधि रोक्नका लागि आदेशसमेत दिएको छ । सो क्रममा प्रहरीले सार्वजनिक सवारीमा लगाइएका पोष्टर हटाएको छ ।
दलगत कार्यक्रममा राष्ट्रिय झण्डाको दुरुपयोग गर्न नपाइने कानूनी प्रावधानकोसमेत रविले खिल्ल्ी उडाइरहेको पाइएको छ । रवि आफैंले नेपालको झण्डा बोकेर भोट मागिरहेका छन् ।
चितवन जिल्ला निर्वाचन कार्यालयले रविलाई यस्तो नगर्न पटक पटक आग्रहसहितको निर्देशन दिएको भए पनि उनले बेवास्ता गरेको पाइएको छ । आयोगले कडा कदम चाल्ने तयारी गरेकोसमेत स्रोतले बताएको छ ।
यस्तै “रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई” भन्ने व्यहोरा छापिएको टोपी प्रयोग गरेको भनी आएको उजुरीका आधारमा पनि रविलाई स्पष्टीकरण सोधिएको छ ।
निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा ९१० को खण्ड ९घ० मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेष्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ ।
निर्वाचन प्रचारप्रसारको लागि क्यापको प्रयोग गर्ने कार्यबाट निर्वाचन आचारसंहिताको उक्त दफा उल्लंघन हुने देखिएकाले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग वा सम्बन्धित जिल्ला निर्वाचन कार्यालय प्राप्त हुने गरी स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ ।
पत्रमा निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा ९१० को खण्ड ९घ० को विपरीत भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा ९३० र ९४० बमोजिमको कारबाही किन हुनुनपर्ने हो रु भनी सोधिएको छ ।
चितवन २ मा रविको भिडन्त मन्त्री एवं नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ र एमालेका नेता कृष्णभक्त पोखरेल लगायतसँग हुँदैछ ।