बारामा गठबन्धनको रात्री सभा, जितेन्द्र सोनलको पक्षमा उर्लियो जनलहर

8.7k Shares

वीरगञ्ज । बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ बेलहीयामा पाँच दलीय सत्ता गठबन्धनको रात्री सभा सम्पन्न भएको छ ।

बाराको क्षेत्र नम्बर ४ (ख) बाट प्रदेश सभा सदस्यका उम्मेदवार जितेन्द्र सोनल र क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उम्मेदवार कृष्ण कुमार (किसान) श्रेष्ठको सयुँक्त रात्री सभा सम्पन्न भएको हो ।

रात्री सभालाई सम्बोधन गर्दै प्रदेश सभा सदस्यका उम्मेदवार एवम् लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले रात्री सभालाई सम्बोधन गर्दै गठबन्धनलाई मतदान गर्न आग्रह गरेका छन् ।

मधेश प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सोनलले गठबन्धनको जित सुनिश्चित रहेको दावी गर्दै जनताले कामको मूल्यांकन गर्ने विश्वास व्यक्त गरेका छन् ।

विकास र समृद्धिको शुरुवात अब सत्ता गठबन्धनले नै गर्ने हुँदा गठबन्धनकै उम्मेदवारलाई जिताउनुपर्ने सोनलको भनाई छ ।

रात्री सभाका क्रममा नेकपा एकिकृत समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायत पाँच दलीय गठबन्धनमा आवद्ध राजनीतिक दलका नेता, कार्यकर्ता, विभिन्न भातृ संगठनका पदाधिकारी, श्रेष्ठ र सोनलका समर्थक तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार