काठमाडौं। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्ने भएको छ। बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको हो।
विपक्षी गठबन्धन आज संसद् विघटनविरुद्ध सर्वोच्च अदालत जाँदैछ। त्यसअघि उनीहरुले संसदीय दलको बैठक आह्वान गरेका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेपछि प्रतिपक्षी सर्वोच्च जान लागेका हुन्।
हिजो बसेको विपक्षी गठबन्धनको पाँच दलको बैठकले राजनीतिक र कानुनी लडाईं लड्ने निष्कर्ष निकालेको थियो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूको हस्ताक्षरसहित अदालत जाने बताएका थिए।





