आयोगले आज राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने, कहिलेबाट सुरु हन्छ नयाँ सरकार गठन?

21k Shares
यो पनि

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गर्ने भएको छ। 

प्रतिनिधिसभा प्रत्यक्ष र समानुपातिकतर्फ सम्पूर्ण परिणाम आएसँगै आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाउन लागेको हो। यसअघि आयोगले बुधबार पत्रकार सम्मेलन गरी निर्वाचनको सम्पूर्ण परिणामबारे जानकारी गराएको थियो।

आयोगले प्रतिवेदन पेश गरेपछि राष्ट्रपतिले प्रतिनिधिसभाको बैठक आह्वान गर्नेछिन्। यससँगै नयाँ सरकार गठनको प्रक्रिया शुरु हुनेछ । 

यता प्रदेशतर्फको विवरण भने आयोगले आगामी पुस २ गते एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गर्नेछ।  मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सम्पूर्ण परिणाम आएसँगै आयोगले राष्ट्रपति र प्रदेश प्रमुखहरूलाई प्रतिवेदन बुझाउने तयारी गरेको हो।

ताजा अपडेट
सम्बन्धित समाचार