महन्थ ठाकुर जन्मथलो पुग्दा उर्लियो जनसागर (तस्बिरसहित)

12.7k Shares

आगामि मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर आफ्नो प्रचारप्रसारलाई निरन्तरता दिईरहेका छन् । यसैक्रममा बुधबार उनी आफ्नो जन्मथलो पुग्दा लोसपाको पक्षमा जनसागर नै उर्लिएको छ ।

बुधबार उनले आफ्नो जन्मथलो महोत्तरी पिपरा गाउँपालीका वडा नं-१ एकरहिया,खैरवा ,गम्हरिया ,ढेकहा मा घरदैलो गरेका छन् । दुई हजार भन्दा बढीको संख्यामा रहेको घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्नो घरको अगाडी स्वागत गरेका थिए । स्थानीयवासीले लोसपा उम्मेदवार ठाकुरलाई स्वागत गर्दै माला, खादा तथा अविर लगाई स्वागत गरेका थिए र अग्रिम विजयको शुभकामना व्यक्त गरेका थिए ।

स्थानीयवासीको उत्साहलाई हेर्दा घरदैलो जस्तो नभई विजय उत्सव जस्तै बनेको थियो । घरदैलो कार्यक्रमका  स्थानीयवासीले गीतहरु गाउँदै नाचगान समेत गरेका थिए । लोसपा उम्मेदवारलाई विजयको घोषणा गर्न मात्र बाँकी रहेको स्थानीयवासीले बताए ।

स्वागतलाई ग्रहण गर्दै लोसपा उम्मेदवार ठाकुरले जनताको स्वागत र आशिर्वादले विजयी निश्चित रुपमा हुने बताउँदै विजयी भएपछि जनताको चाहना पुरा गर्न र त्यहाँको विकास र समृद्धिमा लाग्ने प्रतिवद्धता जनाएका थिए । 

310813853_846004443350644_9206241951301529755_n.jpg

310412950_1236681883578292_4055950882838922835_n.jpg

310652344_804634587286951_4777668385281673045_n.jpg

314424135_118391814395993_5096284389012391256_n.jpg

313434699_118391824395992_5733486104653463294_n.jpg

311073176_1507052669805211_2389117891619336151_n.jpg

312314683_875924490237476_8648560392840820289_n.jpg

ताजा अपडेट
सम्बन्धित समाचार