निर्वाचनपछि गगन थापा प्रधानमन्त्री बन्छन्ः अर्थविद् वाग्ले

11.5k Shares

काठमाडौं । अर्थविद् डा स्वर्णिम वाग्लेले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ को चुनावी कार्यक्रममा बोल्दै उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन समेत स्थानीय मतदातालाई आग्रह गरे ।

नेपाली कांग्रेसको चुनावी प्रचारमा जुटेर लागेका उनले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम रहेको बताए ।
थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोहीअनुसार आफूहरुजस्ता विज्ञहरुको टिम रहेको दाबी गर्दै उनले गगन थापाले कोभिडको महामारीमा राजनेताको छवि बनाएको जिकिर गरे ।

७ महिना स्वास्थ्यमन्त्री हुँदा थापाले देशमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई स्वास्थ्य बीमाको माध्यमबाट उपचार पाउने अवस्था रहेको वाग्लेले बताए।  

ताजा अपडेट
सम्बन्धित समाचार