एमाले अध्यक्ष केपी ओलीले प्रचण्ड दक्षिणपन्थीका शरणमा पुगेकाे आराेप लगाएका छन् । आइतबार कालिकोटको रास्कोटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै ओलीले उल्टै गठबन्धनले नै प्रतिगमन गरेको आरोप लगाए ।
‘हामीले राष्ट्रिय हितका विषयमा शिर झुकाएर कुरा गरेनौँ, एमालेले प्रतिगमन गर्यो रे,’ ओलीले भने, ‘माओवादीलाई साथमा लिएर ३६ सिट जितायौँ, तर सहमति तोडे, दक्षिणपन्थी शक्तिसँग मिलेर सरकार टुटाउने काम गरे, जहिले नक्कली कुरा गरे । ’
केही दिनअघि माओवादी अध्यक्ष प्रचण्ड रास्कोट पुगेर ओलीलाई प्रतिगमनकारी भनेका थिए । ओलीले त्यसको जवाफ दिँदै भने, ‘कांग्रेसका पछाडि लागेर रास्कोट आएर प्रतिगमन गर्यो रे । मैले प्रतिगमन गर्ने काम कहिलै गरिनँ ।’
ओलीले अर्काको देशको हतियार ल्याएर प्रचण्डले नेपाली जनताको घाँटी रेट्ने काम गरेको आराेपमसमेत लगाए ।