सिन्धुपाल्चोकबाट सभामुख सापकोटाले गरे मतदान

8.2k Shares

सभामुख अग्नि सापकोटाले मतदान गरेका छन् । गृह जिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ४ कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट सापकोटाले  मतदान गरेका हुन् । 

स्थानीय तह निर्वाचनमा मदतान गर्न सभामुख अग्निप्रसाद सापकोटा  मंसिर २ मा नै गृहनगर आइपुगेका थिए । उनी चौतारा साँगाचोकगढी नगरपालिका–५ कुविण्डेका मतदाता हुन् । सदा झै यो पटक पनि सभामुख सापकोटाले उक्त केन्द्रबाट पहिलो मत खसालेका छन् । 

  पछिल्लो पटक २०७४ को प्रतिनिधि सभा निर्वाचनमा सापकोटा क्षेत्र नं. १ बाट उम्मेदवार बनेर निर्वाचित भएका थिए । यो पटक उनी उम्मेदवार बनेनन् । 

यस पटक यो क्षेत्रबाट उनका भतिज माओवादी नेता माधव सापकोटा सुबोध उम्मेदवार बनेका छन् । उनी गठबन्धनको साझा उम्मेदवार हुन्। 

ताजा अपडेट
सम्बन्धित समाचार