सभामुख सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री ओली किन नजाने ?

16.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको शीर्ष नेताको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएको छ ।

 

सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री तथा विभिन्न दलका शीर्ष नेतालाई आज छलफलका लागि बोलाएका छन् ।  सो बैठकमा प्रधानमन्त्री ओली सहभागी नहुने सचिवालयका एक नेताले बताएको हो ।

 

सभामुखको सचिवालय अनुसार बुधबार नै सबै नेताहरुलाई बैठकमा सहभागी हुन पत्र पठाइसिकएको छ। बैठक दिउँसो २ बजेका लागि संसद भवनको ल्होत्से हलमा बस्नेछ। सभामुख सापकोटाले प्रतिनिधिसभा विघटनपछिको अवस्था तथा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न पूर्वप्रधानमन्त्रीसहित सबै दलका नेतालाई बोलाएका हुन्।

 

यसअघि सभामुख सापकोटाले सभामुख सापकोटाले पूर्वसभामुखहरुसँगै कानूनविदहरुसँग समेत छलफल गरेका थिए। शीर्ष नेताहरुसँगको छलफलपछि सभामुख सापकोटाले पत्रकार र नागरिक समाजका अगुवाहरुसँग छलफल गर्ने तयारी गरेका छन्।

ताजा अपडेट
सम्बन्धित समाचार