बालेनलाई कसले दियो ज्यानको धम्की ?

14.2k Shares
सम्बन्धित राजनीतिज्ञ
यो पनि

काठमाडौं:  काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन) को ज्यान लिने धम्की पछि नेपाल प्रहरीले बालेनको घर अगाडि सुरक्षा पहरा दिएको छ । 

मेयर बालेनको निवास सिनामंगल ओरालो स्थित गैरिगाउमा प्रहरीको टोलीले सोमबार साँझदेखि सुरक्षा पहरा दिन थालेको हो । सोमबार दिउँसो थापाथलीस्थित सुकुम्वासी बस्तीका अवैध संरचना हटाउने क्रममा सुकुम्वासी बस्तीका एक स्थानीयले बालेनको ज्यान मार्ने धम्की दिएका थिए । 

सोसँगै प्रहरीले मेयर साहको घर नजिक सुरक्षा बढाएको हो । बालेन आफै पनि सुरक्षाको माग गर्ने प्रधानमन्त्री निवास बालुवाटार गएको बताइन्छ । 

अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा प्रहरी सहित अन्य १८ जना घाइते भएका थिए । झडपकै क्रममा स्थानीय एकजनाले मेयर साहको ज्यान अब खतरामा रहेको अभिव्यक्ति दिएका थिए ।

उनले बालेन साहको ज्यान अब खतरामा रहने, मर्न पछि नपर्ने भन्दै धम्की दिएका थिए । त्यस भिडियोलाई बालेन स्वयमले शेयर गर्दै प्रहरी प्रशान, गृह मन्त्रालयसँग सुरक्षाको माग गरेका थिए । 

ताजा अपडेट
सम्बन्धित समाचार