रोकिएको तलब एकमुष्ट पाउने

17.9k Shares

सांसदहरूको नाममा झण्डै ६ करोड बढी रकम आज–भोलिमै निकासा हुँदै छ । जेठ ८ को मध्यराति प्रतिनिधिसभा विघटनसँगै २७१ सांसदको पद गुमेको थियो । दोस्रो पटक विघटित प्रतिनिधिसभा ब्युँतिएसँगै सांसद र पिएले २ महिनादेखि रोकिएको तलब एकमुष्ट पाउने भएका छन् । संघीय संसद् सचिवालयले प्रतिनिधिसभाका सदस्य र तिनका पिएलाई जेठ र असारको तलब एकमुष्ट पठाउने अन्तिम तयारी गर्दै छ ।

पर्सिबाट यो आर्थिक वर्ष समाप्त हुने हुँदा जेठ र असारमा कामै नगरे पनि सांसद तथा पिएले दुई महिनाको तलब एकमुष्ट बुझ्नेछन् ।

ताजा अपडेट
सम्बन्धित समाचार