काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमालेको ओली पक्षीय स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको हो
शुक्रबार ललितपुरको च्यासलमा बसेको बैठकले नेकपा एमाले एकता कार्यदल भंग गरेको गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
ज्ञवालीका अनुसार कार्यदलले गरेको १० बुँदे प्रस्ताव अनुमोदन गर्दै भंग गर्ने निर्णय भएको हो । बैठकमा सहभागी भएका नेपाल पक्षका कार्यदलमा रहेका नेताहरुले शिर्ष तहमा छलफल गरेर बैठक डाक्न अनुरोध गरेपनि एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुको प्रस्ताव अस्विकार गरेपछि उनीहरु बाहिरिएका हुन् ।