शीतलनिवास राष्ट्रपति भण्डारी र सीके राउतबिच भेटेवार्ता, के के भयो कुराकानी ?

13.6k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ

राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) शीतलनिवास पुगेका छन् । राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रपतिलाई भेट्न आफू मंगलबार शीतलनिवास पुगेको जानकारी दिएका छन् ।

राष्ट्रपति भण्डारीसँगको भेटमा समसामयिक राजनीतिक विषय र तिनको निकासका लागि छलफल भएको उनले उल्लेख गरेका छन् । ‘सम्माननीय राष्ट्रपति ज्यूसँग शिष्टाचार भेटघाट तथा देशको समसामयिक राजनीतिक निकासको विषयमा छलफल’, तस्विरसहित उनले फेसबुकमा लेखेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार