माधव नेपाललाई अब पार्टीमा कुनै ठाउँ छैन : केपी ओली

17.1k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् ।

शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए ।

माधव नेपालहरुले गरेको गल्ती सानोतिनो नभएको भन्दै ओलीले उनीहरुकै कारण आफ्नो सरकार ढलेको, पार्टी विभाजित भएको र दक्षिणपन्थीको सरकार बनेको दावी गरे ।

अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश समेत व्यक्त गरे ।

ताजा अपडेट
सम्बन्धित समाचार