सारियो माओवादी केन्द्रीय कमिटि बैठक , अरु के भए निर्णय ?

8.3k Shares

काठमाडौं: नेकपा माओवादी केन्द्रको स्थायी कमिटि बैठकले केन्द्रीय समिति बैठक १० दिन पछि सार्ने निर्णय गरेको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले साउन २० गते तोकिएको बैठकलाई साउन ३० गर्ने सार्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

बैठकले साउन ३० गतेभित्र देशभरका सबै वडामा कमिटी गठन गरेर त्यसको रिपोर्ट ल्याउन केन्द्रीय समिति सदस्यहरुलाई निर्देशन समेत दिएको छ ।

यस्तै नेता श्रेष्ठले एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीले चाँडो निर्णय नदिएको कारण सरकारलाई पूर्णता दिन ढिलाई भएको बताए ।

उनले जसपा र नेपाल पक्षले केहीदिन पर्खिन भनेको कारण सरकारले पूर्णता पाउन नसकेको बताए । उनले भने, ‘जसपा र माधव नेपालपक्षलाई पर्खिएकाले मन्त्रिपरिषद् विस्तारका विषयमा ढिला भइरहेको छ। केही समय माग्नु भएको छ। धेरै ढिला गर्नु हुँदैन छिट्टै सरकारलाई पूर्णता दिनुपर्छ ।’

यस्तै बैठकले दार्चुलामा भारतीय प्रहरीले तुइन काटेर नेपाली वेपत्ता हुने घट्नालाई अमानवीय रहेको ठहर गरेको छ।

माओवादीको बसेको स्थायी कमिटी बैठकले भारतीय सुरक्षाकर्मीले गरेको अमानवीय व्यवहारको छानविन गर्नुपर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

एसएसबीले तुइन काटिदिएपछि महाकाली नदीमा बेपत्ता भएका नेपाली जयसिंह धामीबारे सत्यतथ्य छानविन गर्न पनि माओवादीले सरकारसँग माग गरेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार