आयोगले राष्ट्रपतिलाई बिहीबार निर्वाचन प्रतिवेदन बुझाउने

7k Shares

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा घोषणा गरेको छ। आयोग परिसरमा दिउँसो १ बजे पत्रकार सम्मेलनमा आयोगले अन्तिम नतिजा घोषणा गरेको हो।

यससँगै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ।

त्यस्तै, प्रदेशतर्फको अन्तिम मत परिणाम पुस २ गते प्रदेश प्रमुखलाई बुझाउने पनि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।

समानुपातिकतर्फ निर्वाचित सांसदलाई पुस ३ गते आइतबार आयोगले प्रमाणपत्र प्रदान गर्ने बताएको छ। 

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ। सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन्। 

ताजा अपडेट
सम्बन्धित समाचार