आयोगले राष्ट्रपतिलाई बुझायो निर्वाचन प्रतिवेदन

9k Shares

निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन पेस गरेका हुन् ।

आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो । 

पुस २ गते प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन सम्बन्धित प्रदेश प्रमुखलाई बुझाउने आयोगको तयारी छ ।

ताजा अपडेट
सम्बन्धित समाचार