कार्यकर्तालाई चिन्ता नगर्न महामन्त्री शर्माको आग्रह

9k Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यकर्तालाई चिन्ता नगर्न आग्रह गरेका छन् । कांग्रेस बाहेकको गठबन्धनको निमार्णपछि कार्यकर्ताले अब कसरी अघि बढने भनेर गरेको प्रश्नमा शर्माले यस्तो बताएका हुन् ।

के भएको हो भन्ने कुरा सबैलाई थाहा भएकाले अब आलोचना र आत्मालोचनाको चरण हुने उनले सामाजिक संजालमा लेखेका छन् । अहिलो रातपरेको जस्तो भएपनि दिन अवश्य आउँछ भएका कम्जोरीहरुलाई सुधार गरेर लैजान्पर्छ उनले लेखेका छन् ।

अब अगाडि बढनका लागि अनुहारमा लागेको कालो बादललाई हटाएर उज्यालो ल्याउन दृढ विश्वासका साथ उत्साह बोकेर अघि बढ्नुपर्ने आसय उनले नेता तथा कार्यकर्ताहरुलाई सामाजिक संजालमा लेखेका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार