काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ। उनीहरुबीच शनिबार बिहान ओली निवास बालकोटमा भेटवार्ता भएको हो।
भेटमा अध्यक्ष ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेबीच सरकारमा सात दलीय गठबन्धनको भागबण्डाका विषयमा छलफल भएको बताइएको छ। साथै सरकार सञ्चालनका विषयमा पनि दुई नेताबीच छलफल भएको थियो।
गृहमन्त्री लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरेका थिए।