जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक सुरु

21.2k Shares
सम्बन्धित पार्टी

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। शनिबार बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक सुरु भएको हो।

बैठकमा गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको समीक्षा, सरकारमा सहभागिता, राजनीतिक समिति बैठकको एजेण्डालगायतको विषयमा छलफल हुनेछ। साथै मधेस प्रदेशमा संसदीय दलको नेताका लागि पनि छलफल गर्ने तयारी छ।

संघीय सरकारलाई समर्थन गरे पनि पार्टी सरकारमा सहभागी भएको छैन। तर आजको बैठकमा सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि छलफल हुने बताइएको छ।

पुस १८ र १९ गतेका लागि जसपा नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ।

ताजा अपडेट
सम्बन्धित समाचार