सोमबार र मंगलबार बसेको जसपाको राजनीतिक समितिको बैठकले सरकारको निति तथा कार्यक्रम एवं शक्ति बाँडफाँडका आधारमा मात्रै सरकार मा सहभागी हुने अन्यथा सरकारलाई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको छ।
साथै, जसपाले विभिन्न दल तथा संगठनहरूसँंग एकता, सहकार्य तथा गठबन्धन गर्न पार्टीका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति पनि बनाएको छ। समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी छन्।
यसका साथै, जसपाले पार्टीको विधान अधिवेशनका लागि पार्टीको विधानको मस्यौदा ‘विधान मस्यौदा समिति’ पनि गठन गरेको छ।
समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित श्रेष्ठ, चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापामगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी छन्।