काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक यहीँ पुष २३ गते बस्ने भएको छ । आज (बुधबार) कांग्रेसले विज्ञप्तिमार्फत संसदीय दलको बैठक २३ गते बस्ने जनाएको छ ।
उक्त बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा दिउँसो १ बजे बस्ने स्रोतले बताएको छ ।
स्रोतका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुष २२ का लागि तोकिए पनि मिति परिवर्तन गरेर पुष २८ गते दिउँसो १ बजे बस्ने तय गरिएको छ ।