जसपा नेपालले मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ ।
जसपा पार्टीमा संसदीय दलको नेता बन्न निवर्तमान सभामुख सरोज कुमार यादव, निवर्तमान मुख्यमन्त्री लालबाबु राउत, प्रदेशसभा सदस्यहरू रामअशिष यादव, सरोज सिंह कुशवाहा, संजय यादव, शोभा साह, अब्दुल कलाम, मनिष सुमन तथा बच्चा राउत आकांक्षी छन् । प्रदेशसभामा जसपा नेपालको १६ सिटसहित तेस्रो ठुलो दल बनेको छ।