नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाउने बताएका छन् ।
‘विश्वासको मतमा चुनौती छैन तर त्यसपछि धेरै चुनौती छन् भन्ने भन्न चाहन्छु । सहज अवस्था छैन,’ ओलीले भने, ‘बल्ल सरकार बन्न लागेको छ । बिगार्न लाग्यौं भने बर्बादीतिर जान्छौं । देश र जनताकै लागि उपयोग गरौं ।’
सरकारका अगाडि सुशासन कायम गर्ने, भ्रष्टाचार रोक्ने, सामाजिक न्याय दिलाउने, विभिन्न आन्दोलनका घाउको चुनौती, जनताका अपेक्षा जस्ता धेरै विषय बाँकी भएको पनि ओलीले बताए । राजनीतिक बन्दीको मुद्दा मामिलाका विषय पनि सरकारको प्राथमिकतामा रहेको ओलीको भनाई छ । शान्ति सुरक्षाको चुनौती रहेको ओलीको भनाई छ ।