पछिल्लो समय नेपाली राजनीतिका प्रमुख नेताहरु माथि नैतिकाकाको प्रश्न उठने गरेको छ । नेताहरुको बोलि फेर्ने कारणले जनताहरु अझ दिक्क हन्छन । फागुल १ गते सरकारले सार्वजनीक बिद्दा दिएको थियो । जनयुद्ध दिवसको अवसरमा सरकारले दिएको बिद्दा बारे सरकारमा सहभागी सबै भन्दा ठुलो दलका अध्यक्ष र सरकार संचालनको निर्मित उच्च राजनीति संयन्त्रका अध्यक्ष केपी शर्मा आलीले त्यो बिद्दालाई लिएर आज ११ औ दिन पछि बिरोध जनाउनु भएको छ ।
आफ्नो जन्मदिनको अवसरको बेला निजी निवास बालकोटमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई लक्ष्ति गर्दै हिंसा दिवस भन्नु भएको छ । बिहिबार जन्मदिनको अवसरमा विश्व शान्ति पार्थना पुस्तक बिमोचन उनले जनयुद्ध दिवसको अवसरमा दिइएको सार्वजनीक बिदाको प्रति बिरोध जानएका हुन । उनले केही मान्छेहरुमा अझै पनि हिंसाको धङधङी रहेको बताए । ‘हाम्रो देशमा हिंसा टुंगिएको थियो । तर हिंसाको धङ्धङी अझै पनि छ जस्तो देखिन्छ केही मान्छेका क्रियाकलाप र व्यवहारमा,’ ओलीले भने । हिंसाको मानसिकता र हिंसाप्रति गर्वगर्ने प्रवित्तिप्रति उनले चिन्ता व्यक्त गरे ।
राष्ट्रपति निवार्चन नजिकिदै जादा र वर्तमान सत्ता गठबन्धन धरापमा भएको बेला अध्यक्ष ओलीको उक्त प्रतिक्रिया आएको हो । एमाले सत्ताको मुख्य साझेदार दल रहेको छ । सरकारले बिद्दाको बारे उक्त निर्णय लिएको बेला एमालेको केहि मध्यम तहका नेताहरु बाहेक अरुले बिरोध जनाएन । बरु एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले समर्थन नै जनाए । यता अध्यक्ष ओली मौनता कायम राख्नु भएको थियो । अध्यक्ष ओलीको यस प्रतिकृयालाई एमालेको उम्मेदवारलाई माओवादी केन्द्रले असहमती नजनाउदा पछिको प्रतिक्रीया भनेर बुझ्न गाहो्र हुदैन ।
हुनत अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल र माओवादीको कडा आलोचक भनेर नै चिनिन्छन । पछिल्लो समयमा माओवादीसंग गठबन्धन गर्दा मौन बस्ने र गठबन्धन टुटे पछि कडा आलोचना गर्ने गरेका छन । पछिल्लो समयको बदलि रहने राजनीति घटनाक्रम पछि कार्यकर्ताहरु पनि अल्मलमा पर्ने गरेको समाजीक संजालमा सक्रिय रहने एमालेको एक कार्यकर्ताले बताए ।
नेपालका राजनीतिक नेताहरु मध्ये अध्यक्ष ओली एक उत्कृष्ट वत्ता हुन । उनको बिचार धेरैले सुन्न चाहन्छन । तर उनले पछिल्लो समय दिने यस्ता प्रतिक्रियाहरुले प्रति विश्वशनियता भने घटदै गएको छ ।