कांग्रेसबाट एमालेले पायो धोका, कोसी नामाकरण गर्न दिएको समर्थन फिर्ता लिने

20.5k Shares

विराटनगर: नेकपा (एमाले) लाई प्रदेशको नामाकरण गर्न कांग्रेसले दिएको समर्थन फिर्ता लिने भएको छ । एमाले र नेपाली कांग्रेसका सांसद मिलेर प्रदेशको नाम कोसी राख्ने प्रस्ताव दर्ता गराएका थिए ।

 अहिले एक्कासि कांग्रेसले समर्थन फिर्ता लिन प्रदेश सभा सचिवालयमा निवेदन दिएको छ । 

संसद् सचिवालयका अनुसार, एमाले सांसद राम रानामगर प्रस्तावक र कांग्रेस सांसद भूमिप्रसाद राजवंशीले कोसी नाममा समर्थक रहेका थिए ।  

नेकपा एमालेले प्रदेशको नाम कोसी राख्न गरेको प्रस्तावका नेपाली कांग्रेसले समर्थन गरेको थियोे ।

कांग्रेस संसदीय दलले समर्थन फिर्ता लिन प्रदेशसभा सचिवालयमा निवेदन दिएको सचिवालय स्रोतले जनाएको छ ।

कांग्रेस स्रोतका अनुसार माओवादी केन्द्रले कोसीमा मतदान गर्ने भनेर समर्थन नजनाएपछि कांग्रेसले समर्थन फिर्ता लिन निवेदन दिएको हो । माओवादी भने कोसीमै मतदान गर्ने पक्षमा भएको बुझिए पनि कांग्रेस यो कुरामा ढुक्क हुन सकेको छैन ।

ताजा अपडेट
सम्बन्धित समाचार