विराटनगर: नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालले दर्ता गराएको नाम निष्क्रिय भएको छ ।
नेकपा एमालेको प्रस्तावमा नेपाली कांग्रेसलेले समर्थन गरेर टेबुल भएको 'कोसी' नाममा मात्र अब छलफल हुने भएको छ ।
प्रस्तावित नाम कोसीमा ८२ जनाको बहुमतले समर्थन गरेका छन् भने ४ जना सांसदले विरोध गरेका हुन । कोसी नाममा छलफल जारी रहेको छ भने अब छलफल पछि मतदान हुने जनाइएको छ ।
किरात लिम्बुवान र सगरमाथामा भने अब छलफल नहुने भएको छ ।