काठमाडौं: जनता समाजवादी पार्टी, नेपालले सरकारमा सहभागी हुनेगरि भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो (सोमबार) संसद्मा विश्वासको मत प्राप्त गरेसँगै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् ।
प्रधानमन्त्री दाहालले चार दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् । योसँगै सत्ता गठबन्धनमा आवद्ध दलले सरकारमा कसलाई मन्त्री बनाएर पठाउने भनेर गृहकार्य सुरु गरेका छन् ।
जनता समाजवादी पार्टीलाई भने २ मन्त्रालय दिने दाहालको प्रस्ताव छ । जसपाले उपराष्ट्रपति हात पारिसकेको छ। अब दुई मन्त्रालय पाए सरकारमा जाने जसपाको तयारी छ ।
उनले सत्ता गठबन्धनको साझा उम्मेदवार बन्नेगरि गृहकार्य थालेका छन् । यादवले यसपटक सरकारमा नयाँ र पूरानालाई समेटेर पठाउने तयारी गरेका छन् । स्रोतकाअनुसार यसपटक संघीय परिषद् अध्यक्ष अशोक राई आँफै सरकारमा सहभागी हुने मुडमा छन् ।
यादवले भने पार्टीबाट मन्त्री बन्ने आकांक्षीहरु धेरै देखेर औपचारिक रुपमा छलफल चलाएका छैनन् । यादवले यसपटक राईसँगै डा. विरेन्द्र प्रसाद महतो, प्रदीप यादव र दीपक कार्कीलाई पहिलो प्राथमिकतामा राखेका छन् । तर, मोटामोटी उनले कसलाई पठाउने भन्नेबारे एक किसिमको सोच बनाईसकेको चर्चा छ ।
यी चार जनामध्ये प्रदिप यादवले भने वनमन्त्री भएर काम गरिसकेका छन् । अध्यक्ष यादवले मन्त्रालय कुन पाउने भन्ने तय गरेपछिमात्रै कसलाई सरकारमा पठाउने भन्नेबारे निर्णय लिने छन् । जसपाबाट संसद्मा १२ जना सांसद छन् । सबै सांसद मन्त्री बन्न ईच्छुक भएपछि उनीहरुलाई व्यवस्थापन गर्न यादवलाई समेत हम्मेहम्मे छ ।
अध्यक्ष उपेन्द्र यादवले उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली रहेको रामसहाय प्रसाद यादवको निर्वाचन क्षेत्रमा उपनिर्वाचन लड्ने तयारी गरेका छन् ।
दश दलीय गठबन्धनमा मन्त्रालय बाँडफाँटको लागि छिट्टै बैठक बस्दैछ । तर, प्रधानमन्त्री दाहालले मोटामोटी मन्त्रालय बाँडफाँटबारे खाका प्रस्तुत गरेका छन् ।