काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले अब ५ वर्ष नै सरकारमा रहने अवस्था बन्न सक्ने बताए ।उनले नयाँ शैलीमा काम गर्नेगरि सरकारमा जान लागेकोले अब गठबन्धन न्भात्किने इशारा गरे ।
उनले योग्य मानिसहरूले अवसर पाउने परिस्थिति निर्माण गर्नुपर्ने बताए । देशमा सुशासन र पद्धति तथा भ्रष्टाचार हुँदा विदेशिने बढिरहेको बताए । उनले सरकार बनाउने सन्दर्भमा गठबन्धन स्वभाविक हुने पनि बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले आज/भोलिभित्रै सरकारलाई पूर्णता दिने बताईसकेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले पनि पार्टीबाट सरकारमा क–कसलाई पठाउने भन्नेबारे गृहकार्य थालेका छन् ।