सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने लोसपाको निर्णय , बारा २ मा उम्मेदवारी दिने

21.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी औलोसपाओ ले  पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने निर्णय गरेको छ । 

बिहीबार पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । १० दलीय गठबन्धनमा सम्मानजनक भाग लिएर सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि नेता शरदसिंह भण्डारीले जानकारी दिए । 

यसका लागि गठबन्धन आवद्ध दलसँग छलफल गर्ने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको उनले बताए । बैठकले पार्टी संगठनलाई सदृढीकरण अभियान चलाउने निर्णयसमेत गरेको छ । 

बारा २ मा लोसपाले पनि उम्मेदवारी दिन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘मधेश प्रदेश हाम्रो आधार भूमि हो । त्यो भएकाले हाम्रो भूमिका रहन्छ नै । हामी गठबन्धन दलको सदस्य पनि हौं । यो गठबन्धन निर्वाचनको लागि बनेको हाृेइन। पार्टी विस्तार गर्न र आफ्नो प्रभाव क्षेत्र हेर्नको लागि पनि स्वत उम्मेदवारी रहन्छ नै ।’

ताजा अपडेट
सम्बन्धित समाचार