आज राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

8.8k Shares

काठमाडौँ- राष्ट्रियसभा बैठक सोमबार बस्दैछ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा आज दिउँसो एक बजे बस्नेछ। गत बिहीबार बोलाइएको बैठक स्थगित गरी आजका लागि बैठक बोलाइएको हो।

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/७७ र ०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनका लागि अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

ताजा अपडेट
सम्बन्धित समाचार