ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री दाहाल र देउवा

12.4k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्।

सोमबार बिहान दाहाल र देउवा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन्।

अध्यक्ष ओली अस्वस्थ भएको र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकहरू संसदमा अघि बढाउने वषयमा सहमतिका लागि प्रधानमन्त्री दाहाल, सभामुख घिमिरे र कांग्रेस सभापति देउवा ओली निवास बालकोटमा गएका हुन्।

साथमा सभामुख देवराज घिमिरे, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हीतराज पाण्डे, एमाले प्रमुख सचेतक पदम गिरी र सचेतक महेश बर्तौला, कांग्रेस प्रमुख सचेतक रमेश लेखक पनि बालकोट पुगेका छन्।

विगत केही दिनदेखि संवैधानिक परिषद् सम्बन्धि विधेयक र सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धि विधेयकलाई अगाडि बढाउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ।

आइतबार बिहान सभामुखले बालकोटमा बैठक बोलाए पनि प्रधानमन्त्री दाहाल र सभापति देउवा बालकोट नजाँदा बैठक बस्न सकेको थिएन।

ताजा अपडेट
सम्बन्धित समाचार