'साना तथा घरेलु उद्योगलाई बलियो बनाउन सहयोग गर्छु'

6.3k Shares

विराटनगर: सरकारले घरेलु तथा साना उद्योगलाई बलियो बनाउन सहयोग गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजित ‘उत्कृष्ट महिला उद्यमी प्रोत्साहन र सम्मान’ कार्यक्रममा उनले रोजगारी, सीप र गरिबी निवारणमा मदत गर्ने यस प्रकारका उद्योगलाई सहयोग गर्न आगामी नीति तथा कार्यक्रम एवं बजेटमा उल्लेख गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले पहाडी क्षेत्रको भूमिलाई उर्वर बनाउन तथा युवालाई रोजगारी उपलब्ध गराउन साना उद्योग स्थापना गरी महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिए  ।

सामाजिक मन्त्रालयलाई घरेलु उद्योगका उत्पादनलाई बजारीकरण गर्न आवश्यक तथ्याङ्क सङ्कलन गर्न निर्देशन दिए । मुख्यमन्त्री कार्कीले महिला उद्यमी समाजमा पृथक पहिचान कायम गर्नुका साथै यसले समाजलाई सही मार्गदर्शन गर्ने बताए । 

त्यस्तै सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीले उद्यमी महिलाले अन्य जिल्लाका महिलालाई सीप र प्रशिक्षण प्रदान गर्न आग्रह गर्दै संविधानमा व्यवस्था भएअनुसार रोजगारीको अधिकार खोज्नुपर्नेमा जोड दिए । 

सो अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेशका १४ जिल्लाका २९ जना महिला उद्यमी महिलालाई नगद रु ५० हजारसहित सम्मान गरेका थियो ।

ताजा अपडेट
सम्बन्धित समाचार