काठमाडौं: प्रतिनिधिसभाको उपनिर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसको तर्फबाट उम्मेद्वार रहेका गोबिन्द भट्टराई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल जत्तिकै योग्य भएको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।
चुनावी सभालाई सम्बोधन गर्न बुधबार तनहुँ पुगेका सभापति देउवाले उपनिर्वाचनमा उम्मेद्वार रहेका भट्टराई वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल जत्तिकै योग्य भएको बताए ।
‘देश निर्माणमा आदिकवि भानुभक्त आचार्यको योगदान पृथ्वीनारायणको भन्दा कम छैन। यो भानुको जिल्ला हो। तर अब यो राष्ट्रपतिको भूमि पनि भइसकेको छ।'उनले भने, 'तपाईंहरूले रामचन्द्रजीलाई जिताएर पठाउनुभयो, मैले राष्ट्रपति बनाएँ, गोविन्द भट्टराई पनि रामचन्द्रजत्तिकै योग्य हुनुहुन्छ, उहाँलाई जिताएर पठाउनुहोस्। उहाँ पनि मन्त्री हुनुहोला।’