सरकारको झुकाब भारत तर्फः धेरै हल्ला गरेपछि भ्रमणका लागी मोदीले पठाए निम्तो

11.8k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारत भ्रमणको निम्तो आएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवमार्फत भारत भ्रमणका लागी प्रधानमन्त्री प्रचण्डलाई निम्तो पठाएका हुन् । जुन निम्तो प्रधानमन्त्रीले प्राप्त गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको आवश्यक तयारीका लागि परराष्ट्र मन्त्री एनपी साउदले पनि सक्रियता बढाइसकेका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार तयारी पूरा नभएसम्म भ्रमणको मिति भने सार्वजनिक गर्न नमिल्ने जनाइएको छ । वैशाख २८ देखि जेठ ४ गतेको बीचमा प्रधानमन्त्रीको भ्रमण हुन सक्ने सचिवालयले जनाएको छ । 

ताजा अपडेट
सम्बन्धित समाचार