उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

8.8k Shares

काठमाडौं: उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पाण्डेलाई बुधवार पक्राउ गरिएको हो । 

तत्कालीन गृह सचिव रहेका पाण्डेको संलग्नता रहेको आशङ्कामा अनुसन्धानमा रहेका पाण्डेलाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको हो । पाण्डे २०७८ साल साउन २७ गतेदेखि २०७९ असोज २ गतेसम्म गृहसचिव रहेका थिए ।

अनुसन्धानको सिलसिलामा मङ्गलवार पक्राउ अनुमति पछि अहिले प्रहरी परिसर काठमाडौँमा रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । ‘अनुसन्धानको सिलसिलामा अदालतको पक्राउ अनुमति पछि हिजो हामीले उहाँलाई खोजेका थियौँ’ एसएसपी कार्कीले भने, ‘अहिले उहाँ प्रहरी परिसर काठमाडौँमा हुनुहुन्छ ।’

एमाले सांसद टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी एमाले सांसद टोपबहादुर र उनका छोराविरुद्ध पक्राउ पुर्जी

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने खेलमा सरकारका सचिवकै संलग्नता रहेको आशङ्कामा प्रहरीले अनुसन्धान अगाडी बढाएको थियो । भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पठाइदिन्छु भनी ठगेको आरोपमा आइतबार पक्राउ परेकाहरूले सरकारका उच्च अधिकारीहरूकोसमेत संलग्नता रहेको बयान दिएपछि प्रहरीले अनुसन्धान शुरु गरेको थियो । आरोपीहरूले तत्कालीन गृह सचिव पाण्डे र त्यसअघिका गृहसचिव महेश्वर न्यौपानेको मिलेमतो रहेको बयान दिएका थिए ।

ताजा अपडेट
सम्बन्धित समाचार