सत्ता गठबन्धनमा आउन सक्छ 'ब्रेकअप' को 'ट्रेन्ड'

14.2k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: रास्वपा सभापति रवि लामिछानेको संसदमा दोस्रो पटक इन्ट्री र गठबन्धन दलबीचको असन्तुष्टिका कारण वर्तमान सत्ता गठबन्धन धरापमा पर्ने र प्रचण्ड नेतृत्वको सरकार ढल्ने संकेत देखिएको छ ।

सत्तामा नरहेका तर सरकारलाई समर्थन दिएका दुई दल रास्वपा र जनमत पार्टीले प्रचण्ड सरकारसँग असन्तुष्टि व्यक्त गरिरहेका बेला थप माधव नेपाल नेतृत्वको नेकपा एस पनि गठबन्धनको व्यवहार प्रति असन्तुष्टि पोख्न थालेको छ ।

माओवादीले 'इग्नोर' गर्दा माधव नेपाललाइ 'हर्ट'  भयो ! माओवादीले 'इग्नोर' गर्दा माधव नेपाललाइ 'हर्ट' भयो !

यसैबीच सत्ता राजनीतिमा सधै केन्द्र भागमा बस्न रुचाउने जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको उपनिर्वाचनबाट संसदमा इन्ट्री भए पश्चात प्रधानमन्त्री प्रचण्डलाई सत्ता टिकाइ राख्न अझ चुनौति बढ्दै गएको राजनीतिका जानकारहरु बताउन थालेका छन् । उनी उपप्रधानमन्त्रीसहितको मालदार मन्त्रालय आफ्नो पार्टीले पाउनु पर्ने लबिङमा लागेका छन् । उता सिके राउत नेतृत्वको जनमत पार्टी पनि पर्ख र हेरको अवस्थामा सत्ता गठबन्धनप्रति अरुचि देखाउँदै आएको छ ।

यति बेला साना दललाई रिझाएर सरकार चलाउन प्रचण्डलाई थप चुनौति हुने देखिन्छ ।

 

ताजा अपडेट
सम्बन्धित समाचार