सरकार ढाल्ने खेलमा 'एमाले',होलान् त सफल ?

9.7k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी

नेकपा माओवादी केन्द्रका अद्यक्ष पुष्पकमल दहाल प्रचण्डले एमालेलाई ढोका दिएको रिस अझ केपी शर्मा ओलीमा देहिएको छ  । ओलीले वर्तमान सरकारमाथिलगाएका विभिन्न आरोपले ओलीको रिसा अझ ताजा रहेको बुझिएको छ ।

यता सरकार बाहिर रहेको एमालेले आफ्नो दल सत्ता परिवर्तनको खेलमा नलाग्ने बताएका छन् ।तर जुनसुक्कै मूल्यमा सत्ता गठबन्धन भत्काउने पक्षमा एमाले रहेको देखिन्छ ।

हिजोमात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकार केहीसमय मात्र रहिरहे मुलुक टाट पल्टिने अवस्था आउने बताएका थिए । उनको भनाइबाटै एमाले सरकार परिवर्तनको खेलमा रहेको स्पष्ट हुन्छ ।

प्रचण्ड सरकारको पफर्मेन्सलाई लिएर कांग्रेस भित्र नै खटपट भइरहेको देखिन्छ । कांग्रेसकै कारण सरकारले पूर्णता समेत पाउन सकेको छैन ।

कांग्रेस भित्रै पनि सरकारप्रति असन्तुष्टिका स्वर सुनिन थालेका छन् । महामन्त्री गगन थापाले त पटक पटक प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर आलोचना तथा सुझाव दिइ राखेका छन् । कांग्रेस संस्थापन इतरपक्षका अधिकांश नेता सरकारले माओवादीका अयोग्य लडाकुलाई जनही दुई लाखका दरले दिन लागेको रकमको विरोध गरिरहेका छन् । यता माओवादीका नेताहरुले भने त्यसको बचाउ गरिरहेको बेला सत्ता गठबन्धनको सम्बन्धमा यसले थप दरार ल्याउने देखिन्छ ।

प्रदेश सरकार गठनमा सत्तारुढ दलका घटकबीच नै मनमोटाव सुरु भएको अवस्था छ । यसैबीच एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको व्यवहारबाट आफूहरु मर्माहत भएको प्रतिक्रिया दिएका छन् ।

ताजा अपडेट
सम्बन्धित समाचार