विद्युत प्राधिकरणमा कुलमान घिसिङ नियुक्त

13.3k Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । 

२०७७ भदौमा आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका घिसिङलाई सरकारले पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ । 

जलस्रोत तथा उर्जा सिँचाइ मन्त्री पम्फा भुसालले वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशिष्ठ श्रेणीको पद (सचिव) सरहको पूर्ण कालीन सदस्य पदमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । त्यसका लागि आयोगको गठन आदेशमा समेत संशोधन गरिएको छ ।

योसँगै मन्त्रालयले बुधबार घिसिङलाई नियुक्ति पत्र दिने तयारी गरेको छ ।

घिसिङलाई लोडसेडिङ अन्त्य गराएको र विद्युत प्राधिकरणलाई नाफामा लगेको भन्दै जिम्मेवारी दिन प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जा मन्त्री भुसाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सहमति जुटाएको जनाइएको छ ।

ताजा अपडेट
सम्बन्धित समाचार