आफैंमा लफडा गर्दै डा. शेखर, विश्वप्रकाश र गगन, देउवा रमिता हेर्दै

10.5k Shares
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित राजनीतिज्ञ
सम्बन्धित पार्टी
यो पनि

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार २०८० वैशाख १० गतेको उपचुनावपछि पूर्णता पाउने भनिएको थियो । तर, कांग्रेससभित्र बढेको किचलो र निराशाका कारणले सरकारले पूर्णता पाउन पनि समस्या भएको छ ।

कांग्रेसको संस्थापन इतर समूहका नेताहरु डा. शेखर काेइराला, विश्वप्रकाश शर्मा र गगन थापाले आफ्नो टीमको मन्त्री छान्न नसकेपछि थप समस्या उत्पन्न  एको हाे । सभापति शेरबहादुर देउवाले इतर समूहलाई ३ वटा मन्त्रालय दिन लगभग राजी भएका छन् ।

तर, ती तीनवटा मन्त्रालयमा कसलाई पठाउने भन्नेमा यो डा. शेखर काेइराला, विश्वप्रकाश शर्मा र गगन थापा समूहभित्र ठूलै झगडा रहेको छ । त्यो झगडा देखेका सभापति देउवाले मिलाउने थप प्रयास पनि गरेका छैनन् । र, प्रचण्डले पनि हतारो गरेका छैनन ।

साँघु साप्ताहिकले प्रकाशन गरेको समाचारमा कांग्रेसभित्रकाे इतर समूहमा धनराज गुरुङ, डिगबहादुर लिम्बुको नाम लगभग सहमति भएको भएपनि बिचमा दीपक गिरी, सुरेन्द्रराज आचार्य, दीपक खड्का, प्रदीप पौडेल, तेजुलाल चौधरीलगायत आधा दर्जन सांसदहरु मन्त्रीका लागि दौडमा लागेका लेखिएको छ ।

संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरेका महामन्त्री गगन थापाको सिफारिश पनि यो समूहमा चलिरहेको छैन । थापाले सांसद पौडेललाई अगाडि सार्न खोजेका छन् र उपसभापति गुरुङलाई रोक्न खोजिरहेका छन् । उपसभापति गुरुङलाई चाहिँ देउवाले पनि तान्न खोजिरहेका छन् ।

सोहीकारण गुरुङको नाम निकै पेचिलो बनेको छ । लिम्बुको हकमा शेखर कोइरालाले आफ्नो विकल्पमा उम्मेदवार बनाएजस्तो देखिएका कारण यो समूहभित्र कोइरालाको कोटाको मान्छेजस्तो देखिएका छन् । अर्कातिर कोइरालालाई दबाबमा राखेर खड्का र गिरीले पनि दबाब बढाइरहेका छन् ।

यो समूहभित्र आवश्यक आर्थिक सहायताका लागि ठेकेदार खड्काले नै भरथेग पनि गर्ने गरेकाे बताइन्छ । हुनलाई यी दुवै जना शशांक कोइराला निकट मानिने गरेका भएपनि अहिलेसम्म शेखर कोइरालाको समूहमा नै रहेका छन् । लुम्विनी प्रदेशमा कांग्रेसकाे प्रतिष्ठा थाम्ने दीपक गिरी आफ्नाे समूहकाे नेताहरूकाे ताल देखेर दिक्कमान्दै बसेकाे शेखर काेइराला निकट स्राेत बताउछ ।

महामन्त्री थापा संसदीय दलको नेताको उम्मेदवार हुँदा भने उनीहरु सन्तुष्ट थिएनन् । त्यसैगरी, यो समूहमा रहेर पनि लामो समयदेखि मन्त्रीका लागि प्रयास गरेका सांसद हुन तेजुलाल चौधरी । यसअघि देउवा प्रधानमन्त्री हुँदा पनि चौधरीले मन्त्रीका लागि निकै प्रयास गरेका थिए । तर, अहिलेसम्म उनले त्यो अवसर पाएका छैनन ।

चौधरीले मन्त्रीका लागि यसअघि रामचन्द्र पौडेल र शेखर कोइरालालाई निकै मनाउने प्रयास गरेका थिए । तर, यो समूहबाट उनी सिफारिशमै परेका थिएनन । त्यसैले, विगतमा नपाएको भन्दै अहिले चौधरी पनि दाबीमा रहेका छन् ।

तर, प्रधानमन्त्री प्रचण्डको सरकार कहिले विस्तार हुन्छ भन्ने चाहिँ अहिले सम्म प्रष्ट भएको छैन । कतिपयले प्रचण्डको भारत भ्रमणपछि सरकार विस्तार हुने र उनको सल्लाहकार पनि नियुक्त हुने चर्चा गरिरहेका छन् ।

अहिलेसम्म भारत भ्रमणको मिति टुंगो भने लागेको छैन । कतिपयले मे महिनाको अन्तिममा भारत भ्रमण हुने बताइरहेका छन् । यसअघि मे महिनाको बिचमा हुने बताइरहेका थिए । भारतले प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरको व्यस्तता र कर्नाटकको चुनावलाई बहाना बनाएर प्रचण्डको भ्रमणको मिति प्रष्टसँग बताइरहेको छैन ।

ताजा अपडेट
सम्बन्धित समाचार